कुनै पनि पाठकले लेखकलाई आफ्नो आइडियल मानेका हुन्छन् । देश, समाजमा भएगरेका घटनालाई अक्षरका माध्यमबाट समाजलाई प्रस्तुत गर्नु लेखकको धर्म हो । यस्तो धर्म जुन कुनै सिद्दान्तको नोकर वा भक्त बन्नु हुन्न तर दुर्भाय ।
राजनितिले नछोएको र नगाँजेको कुनै ठाउँ नहोला सायद । राजनिति र वेश्यावृति पुरानै पेशा भित्र पर्छ पनि । देशका कलाकार, शिक्षक, डाक्टर, विद्यार्थी, लेखक, पत्रकार राजनितिमा कुनै न कुनै रूपले सम्बन्धित नै हुन्छन् । यदि कसैले म राजनितिमा छैन भन्छ भने त्यो मान्छे सामाजिक छैन भन्ने बुझिन्छ । समाजकै एकपाटो हो राजनिति । राजनितीको सिद्दान्तले निमुखाको उद्दारको नारालाई आफ्नो फाइदाको बाटो बनाएको उदाहरण हाम्रो समाजमा छँदै छ । यस्ता निमुखाको सिद्दान्तलाई पुर्नलेखन गर्न 'प्रगतिशिल र प्रजातान्त्रिक' लेखकहरूको जरुरी छ भन्ने लाग्छ । तर यस्ता लेखकहरूको बहसको विषय र वैचारिक छलफलमा पार्टीको गन्ध ह्वास्सै आउँछ । यस्ता बिनातुकको प्रगतिशिल र प्रजातान्त्रिक बहस हाम्रो लागी रद्दीको बराबर छ ।
भनिएका प्रगतिशिल लेखकका लेखहरूमा पहिल्यै द्दन्द कालमा क्रान्तिकारीले बाँडेका प्रचामा हुने जस्तै शब्द चयन र भनिएका प्रजातान्त्रिक लेखकका लेखहरूमा पहिल्यै चुनावमा बाँड्ने समाजवादी धारणाका शब्द चयन कत्ति रूखो र फुस्रो देखिन्छ । मानौं ति लेखक होइनन् कुनै पार्टीको मुख्य प्रवत्ता भाषण ठोकिरहेछ ।
पार्टीका अवधारणा र झण्डा बोकेर कोही प्रगतिशिल र कोही प्रजातान्त्रिक हुँदैनन् । अझ देशका गहना भनिएका र देशलाई विश्व सामु चिनाउने लेखकहरू स्वयमं आफू आबद्द संगठनको भजन गाउँदै एकअर्कालाई 'बहस' को नाममा आरोप प्रत्यारोप लगाउएको देख्दा तिनीहरू लेखक कम कुनै पार्टीको कार्यकर्ता जस्तो लाग्यो ।
मार्कसवादी र समाजवादी लेखकहरूले राष्ट्रका मिहिन तहमा रहेका जनतालाई राष्ट्रको मूलधारमा ल्याउने चेष्टा गर्छ, धनी गरीबको खाडल पुर्न खोज्दै साहित्य र वैचारिक बहस काठमाडौंका चारतारे होटलमा गर्दै गाउँको समस्यालाई भाषण र पत्रिकाको सानो कोलममा पेलिदिन्छ अनि आफूलाई प्रगतिशिल प्रजातान्त्रिक लेखक र यसका संगठनको झुझारू यूवा ठान्छ ।
साहित्यको राजनितिकरणले देशको लेखकको साङ्गठनिक संघलाई यस्तरी गाँजेको रै'छ कि मानौं यि संगठनहरू कुनै पार्टीको भातृसंगठन हुन् । यस्ता लेखक र यस्ता संगठनले अब कुनै दिन पार्टीको लागी गाउँ-गाउँ भोट माग्दै हिड्न बेर पनि छैन ।
No comments:
Post a Comment